Friday, April 11, 2014

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ

एउटा गजल यसरी सुरु हुन्छ...................स्विकार्नुस !!!


बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

संसारका सारा खुशी मेरो लागि केही होइन
जहाँ जान्छौ तिमी त्यही म सर्न पाए पुग्छ ।

जिन्दगीका अफठ्यारा यि मोड अनि जंघारहरु
कोमल तीम्रा हात समाएर सधै तर्न पाए पुग्छ ।

विधिको यो विधानमा भागबन्डा लाग्छ भने
युग्युगौसम्म मेरो भागमा तिमी पर्न पाए पुग्छ ।

खुशी छु जिन्दगीमा अरु केही चाहना छैन
अन्तिम इच्छा तिम्रै काखमा मर्न पाए पुग्छ ।

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

रमेश श्रमिक

Wednesday, April 9, 2014

सॉच्चै एउटा, हारेको जिन्दगी जीउदैछु !

मुक्तक !!

सॉच्चै एउटा, हारेको जिन्दगी जीउदैछु !
पछि परेको हैन, पारेको जिन्दगी जिउदैछु !!
हो । उनी उता छिन पाउदिन म कहिल्यै,
म यता बिचमा ,बारेको जिन्दगी जिउदैछु !!

पृथक !!

कति बस्छौ निरास भई, केही त् गरन हौ

एउटा गजल.................स्विकार्नुस !!! (कलेजमा कक्षामा लेखेको)

कति बस्छौ निरास भई, केही त् गरन हौ ।
खाली छ त्यो गाग्री, पानी त् भरन हौ ।

बेदना के हो ? कस्तो ? सबैको छ यहाँ
उजाड त्यो मनलाइ, केही त् धरन हौ ।

अध्यरो त्यो कोठामा नबस, उठ र हिड
उज्यालोमा जता-जतै, डुली-डुली चरन हौ ।


जिन्दगी यस्तै हो, कहाँ सार्थक हुन्छ र त्यसै
एक्लो सुर्यले झैँ सधै, रश्मी छरन हौ ।

कति बस्छौ निरास भई, केही त् गरन हौ ।
खाली छ त्यो गाग्री, पानी त् भरन हौ ।

रमेश श्रमिक २०७०/१२/२६ गते बिहाना

Sunday, April 6, 2014

निवाऊ न कोहि छौ,जलेको यो जिन्दगी

मुक्तक


निवाऊ न कोहि छौ,जलेको यो जिन्दगी !
धेरै पर नजॉने भो ,गलेको यो जिन्दगी !!
लगभग केहो जिन्दगी ? बुझ्न लागेंछु,
घ्याच्च पारि रोकाईंदै,चलेको यो जिन्दगी !!

पृथक !!

भित्र भित्रै जलेर यो मन खरानी भो



भित्र भित्रै जलेर यो मन खरानी भो ।
खै कसरि बढ्नु र अगाडी त्यसै परानी भो ।
दुख भित्रका दुखहरु जेल्न खोज्दा खोज्दै
खोक्रो जिन्दगी ढलेर बिरानी भो ।
Unlike ·  · 

राजनैतीक झन्डा ओडी तातो चॉहिंदैन

गजल ।


राजनैतीक झन्डा ओडी तातो चॉहिंदैन !
धमिराले खायो पुस्तक गातो चॉहिंदैन !!

बिहान उठ्दा खेतमा पनि झन्डा गाडीएछ,
ढिक्कि जॉतो अग्यॉतको भो, हातो चॉहिदैन !!

सहन नसकि यी पीडा बुबा ढल्नुभयो,
प्राण नै गैसकेछ भो, सातो चॉहिदैन !!

अग्यातलाई सबै सुम्पि ऑगनमा बुबा ढल्दा,
मृत शरिर भिज्यो भन्थे, छातो चॉहिदैन !!

दिंदै थिए गॉउलेहरु लुगा ममिले भन्नुभयो,
सबै लुगा लगाऊ आफैं, रातो चॉहिंदैन !!

@पृथक !@

रोगी झैँ किन दिन हिन सरि रुन्छौ पखेरामुनि ?

एउटा , मुक्तक यसरी.........सुरु हुन्छ । स्वीकार्नुस !!!

रोगी झैँ किन दिन हिन सरि रुन्छौ पखेरामुनि ?
धरछौ के शिरमा अनेक थरिको सिक्री फलामे पनि
बाधा-बिघ्न सहेर बाची रहेको कस्तो मरेको जुनि ?
मान्छे हो अब लाग सत्य-पथमा गर्नेछु केही भनि ।

जिउदो लास भई बाच्न गारो भो ।

ल ...है.......... मुक्तक स्विकार्नुस !!!

जिउदो लास भई बाच्न गारो भो ।
बेकार यो जिन्दगी साच्न गारो भो ।
बाचेर पनि के नै गरे र मैले खै ?
बिना संगीत आफुलाई नाच्न गारो भो ।

रमेश श्रमिक

कता छौ हौ मायॉ तिमी,

मुक्तक पो बन्यो कि कसो हो ...?

कता छौ हौ मायॉ तिमी, अनलाईनमा आईदेऊन !
उजाड भो मेरो मुटु, वशन्त बनिकन छाईदेऊन !!
हो छट्पटीमा बॉच्दैछु हौ किन हुन्छ यस्तो आज,
पीडा सुन्ने ठॉउँ मात्र किन, मिठा गित गाईदेउन !!

Wednesday, April 2, 2014

खै! के भनौ तिमीलाई म ? हेरेको हेरेकै भएँ॥




यौटा गजल यसरी सुरु हुन्छ

खै! के भनौ तिमीलाई म ? हेरेको हेरेकै भएँ॥
तिम्रै नाम यो दिलमा केरेको केरेकै भएँ॥

जिस्किएरै तिमीबाट खोसेको त्यो पछ्यौरी
यी हेर न! आजसम्मै बेरेको बेरेकै भएँ॥

हुन त भन्छन- सबै अटेरी छ 'निरक्षर'
तर तिम्रा कुरा किन टेरेको टेरेकै भएँ॥

Copyright @ निरक्षर

दर्सन, म र साथी .......{कबिता}..

दर्सन, म र साथी .......{कबिता}................... स्विकार्नुस !!!

कति क्रान्ति बुझेका छौ र अनि प्रजातन्त्र
बिपस्सी गोयन्दकाहरु
सताब्दीको योगआकासमा
हे ! आफ्नै त् फुक ! सारथी हो महामन्त्र ।

क्षनिक्तामा रमेर निराधार आरोप लगाउदा
म निसब्द भै बसे, सहे, कोसैले पाठ पढाए
चियाको चुस्की लगाउदै मण्डले चरित्र देखाउनेहरु 
त्यो हुटिट्याउ, को भन्दा आफ्नै भनाउदा ।

हो मेरो कलम भन्दा सानो झन्डा सडकमा लिएर निस्कियकै थिए
चरम मूल्य बृदि र महंगीको बिरोधमा
छिनमै क्रान्तिकारीको बिल्ला भिराउने तिमीहरुको दर्सन
मेरो मनलाई बुझ्ने चरित्र देखदा मन मनै घिणित हुदै थिय ।

बाघको छाला स्यालले ओढेर, स्याल
बाघ बनेको तिम्रो दर्संले भन्छ
सत्य कुरा त् कहाँ देखिन्छ र
आफ्नै मनले गनेको हुन्छ ।

हिजो मेरो कलमले अन्यायका बिरुद्द आवाज उठाउदा
तड्पाई तड्पाई मार्छु भनेकै हुन्
आत्मा र अनात्माको दर्सन बाङमयमा
ढलेको प्रतिबिम्बलाइ आफ्नै भनि बहकाउदा

बुद्ध, गान्धी, माक्स, माओसेतुन, लेलिन, मन्डेलाको
पुरातन गनाउने दर्सन पढेर देखाउदा क्रान्तिकारी भइने ?
बिपी, गिरिजा, किसुनजी, गणेसमानको
नया प्रगतिसिल दर्सन पड्दा
तिमीहरुले चाहेको जस्तो हुने हो म ?

होइन भने किन हेर्छौ, आबरण ?
किन बुज्दैनौ भित्रि मन ?
तिमीहरुको सबै सोच भ्रामक हुनेछ , निर्थक पनि
फेरी अब दार्सनिक रुजारुहरु !
अध्याबदिक चल्दै आएका अडानहरु !

रमेश श्रमिक

जॉदै छु म धेरै पर, बार किन बन्दिन्छौ !

गजल ! समय 12:25 रातको

जॉदै छु म धेरै पर, बार किन बन्दिन्छौ !
घरिघरि करेन्ट दिने, तार किन बन्दिन्छौ !!

जाऊ तिमी भनि अस्ति डोलि चढाएको थे,
उस्को मन जित्नु सधैं हार किन बन्दिन्छौ !!

आदि मुटु सँगै दिई घरबार मैले सारेको थें,
फर्कि फेरि यो मुटुमा भार किन बन्दैछौ !!

खुशि छैनौ भने तिमी मलाई फेरि भनिदेउ,
केहि टुक्रा थपि दिन्छु धार किन वन्दिन्छौ !!

बस तिम्रो शहरमा बस्नु छैन मलाई अब,
पटक पटक हाच्छिउ दिने खार किन बन्दिन्छौ !!

@पृथक@...

भित्र भित्रै जलेर यो मन खरानी भो ।

 मुक्तक


भित्र भित्रै जलेर यो मन खरानी भो ।
खै कसरि बढ्नु र अगाडी त्यसै परानी भो ।
दुख भित्रका दुखहरु जेल्न खोज्दा खोज्दै
खोक्रो जिन्दगी ढलेर बिरानी भो ।

परदेशीनु कर होकि रहर बुझिन !

मुक्तक !!


परदेशीनु कर होकि रहर बुझिन !
यहॉ स्वार्थि म या ,शहर बुझिन !!
तै पनि सबैको नजर किन हो यहॉ,
आगन्तुकको हर समय,लहर बुझिन !!

'पृथक !!'

रोगी झैँ किन दिन हिन सरि रुन्छौ पखेरामुनि ?

 मुक्तक यसरी.........सुरु हुन्छ । स्वीकार्नुस !!!

रोगी झैँ किन दिन हिन सरि रुन्छौ पखेरामुनि ?
धरछौ के शिरमा अनेक थरिको सिक्री फलामे पनि
बाधा-बिघ्न सहेर बाची रहेको कस्तो मरेको जुनि ?
मान्छे हो अब लाग सत्य-पथमा गर्नेछु केही भनि ।

निवाऊ न कोहि छौ,जलेको यो जिन्दगी !

 मुक्तक


निवाऊ न कोहि छौ,जलेको यो जिन्दगी !
धेरै पर नजॉने भो ,गलेको यो जिन्दगी !!
लगभग केहो जिन्दगी ? बुझ्न लागेंछु,
घ्याच्च पारि रोकाईंदै,चलेको यो जिन्दगी !!

पृथक !!

जिउदो लास भई बाच्न गारो भो

ल ...है.......... मुक्तक स्विकार्नुस !!!

जिउदो लास भई बाच्न गारो भो ।
बेकार यो जिन्दगी साच्न गारो भो ।
बाचेर पनि के नै गरे र मैले खै ?
बिना संगीत आफुलाई नाच्न गारो भो ।

रमेश श्रमिक