Saturday, May 10, 2014

- बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ

रमेश श्रमिक

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

संसारका सारा खुशी मेरो लागि केही होइन
जहाँ जान्छौ तिमी त्यही म सर्न पाए पुग्छ ।

जिन्दगीका अफठ्यारा यि मोड अनि जंघारहरु
कोमल तीम्रा हात समाएर सधै तर्न पाए पुग्छ ।

विधिको यो विधानमा भागबन्डा लाग्छ भने
युग्युगौसम्म मेरो भागमा तिमी पर्न पाए पुग्छ ।

खुशी छु जिन्दगीमा अरु केही चाहना छैन
अन्तिम इच्छा तिम्रै काखमा मर्न पाए पुग्छ ।

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

रमेश श्रमिक

- दु:ख पॉऍ मैले ढङ्ग नमिलेरै हो

दाहाल पृथक
मुक्तक 

दु:ख पॉऍ मैले ढङ्ग नमिलेरै हो !
बिछोड भएको रङ्ग नमिलेरै हो !!
तितो तर यथाथॆ भन्दैछु म आज,
मेरो उचाई तिम्रोसँग नमिलेरै हो !!

पृथक !!

- तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी



तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी
दुख सम्पूण अंग-अंग बनि गलेकै छ जिन्दगी

जीवन संघर्स हो भन्छन, कसैले अवसर
अरुका आगाडी ठिक भनि छलेकै छ जिन्दगी

दुख किन दुखने गर्छ ? के सुख चाही दुखदैन ?
सुख र दुखको कल्प छानी बलेकै छ जिन्दगी

हास्यो-खेल्यो सबकाल बित्यो, बितिराछ, बित्नेछ
यि सब बाहिर कहाँ देखिन्छ र ? अनि ढलेकै छ जिन्दगी

तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी
दुख सम्पूण अंग-अंग बनि गलेकै छ जिन्दगी

रमेश श्रमिक

- हिन्दीमेँ एक मुक्तक यहाँ पे ऐसे-

शंकर निरौला 'निरक्षर'
हिन्दीमेँ एक मुक्तक यहाँ पे ऐसे-

मै सौख से नहीँ मजबुरी से पीता हुँ ॥
मत पुछो, तुम्हारे बगैर कैसे जीता हुँ ॥
तुम्ने तो छोडदिए टुकड़े-टुकड़े करके दिलको
अकेले मैँ ईधर, वो टूटाफुटा दिल सिता हुँ ॥

copyright @ निरक्षर

- छैन, नरोएको कुनै दिन ! ((कबिता)) को सानो अंस

छैन, नरोएको कुनै दिन ! ((कबिता)) को सानो अंस

((१))

एउटा चिन्ता सक्यो फेरी, अर्को चिन्ता सुरु भयो
चिन्तै चिन्ता छ चिन्ताको, के होला औसधि गुरु ?
नसोध कति छन् चिन्ता, अहिले म भन्न सक्दिन
छैन पुगेर कोठामा नरोएको कुनै दिन ।

((२))

ग्यास चामलको भाउ, अहिले लाख पुगे पनि
दिदैंna राज्यले सितै, खानुपर्छ किनेर नी
तिर्दैन राज्यले भाडा, हामि हौ जति निर्धन
छैन पुगेर कोठामा नरोएको कुनै दिन ।

- गल्बन्दी ओडेर हिड्दै गर्दा !

दाहाल पृथक 
गल्बन्दी ओडेर हिड्दै गर्दा !
तिम्लाई एक्लै छोडेर हिड्दै गरदा !!
रिसाएको अनुहार, त्यहि याद काफि,
आपसमा दुई कुम जोडेर हिड्दै गर्दा !!

- मुक्तक

दाहाल पृथक

बिर्सिन सार्है बिश्चिलो हुँदोरैछ !
अतितले यो मनलाई सधैं छुदोरैछ !!
सबको अगाडी हॉसो अनायासमा,
तर एकान्तमा खै किन मन रुदोरैछ !!

- पृथक !!

- चार मुक्तक ...

रमेश श्रमिक
चार मुक्तक ...

..(१) रातको १० बजेपछि..........

उनको याद आयो १० बजेपछि
मायाले ज्यान खायो १० बजेपछि
मस्त निन्द्रामा पनि उनलाई नै सम्झी
अंग-अंगमा उनै छायो १० बजेपछि

(२).......बाचेकै छु.......

धेरै पीडा पाएर बाचेकै छु
तिम्रै गीत गाएर बाचेकै छु
तिमि छौ र त् मेरो जिन्दगी छ
मुटु भरी तिम्रै माया छाएर बाचेकै छु

(३) आज.......

मेरी सानु दुखी भईन आज
गल्दै-गल्दै झन् गईन आज
दिग्दारी र हैरानीले सधै पीडित
अन्याएर अत्याचार सइन आज

(४) जाने आहिले

गुरुले पढाएर जाने अहिले
भनेका राम्रा कुरा माने अहिले
ज्ञान-गुनका अनेक खुराक सुन्न पाउदा
गुरु, साचै गुरु नै ठाने अहिले

@@रमेश श्रमिक@@
२०७१/१/21

- सॉचो मायॉहरु देखिदैन

दाहाल पृथक :
सॉचो मायॉहरु देखिदैन !
अनि सत्य कुरा लेखिदैन !!
यी सव भर्म हुन मानिसका,
पर्काश हातले छेकेर छेकिदैन !!

-पृथक !!

- सगै जिउने मर्ने कसम तोडेर गयौ ।

raमेश श्रमिक
  मुक्तक

सगै जिउने मर्ने कसम तोडेर गयौ ।
मलाइ देख्दा तिम्ले बाटो मोडेर गयौ ।
यस्तो पनि हुदो रैछ साचो मायामा
यति धेरै माया गर्नेलाई छोडेर गयौ ।

रमेश दवाडी ''श्रमिक"

- २ मुक्तक

पानीको थोपामा प्रेम देखिराछु ।
रगतको थोपामा जिवन देखिराछु ।
जिवन र प्रेम नै मानब अस्थित्व
ढलेको प्रतिबिम्बमा मुहार देखिराछु ।

(२)
फूल फुलेपछि झर्ने निस्चित छ ।
प्राणी जन्मेपछि मर्ने निस्चित छ ।
ब्रमाण्डको चक्र घुम्ने क्रममा रोकिदा
हामि अनायास दुर्घटित पर्ने निस्चित छ ।

@"'रमेश श्रमिक""

- कस्ले भन्यो पिरतिमा रङ्ग मिल्नुपर्छ

शंकर निरौला 'निरक्षर'
मुक्तक

कस्ले भन्यो पिरतिमा रङ्ग मिल्नुपर्छ
प्रेम गर्न त्यस्तो कुनै ढङ्ग मिल्नुपर्छ ॥
हाम्रो प्रेम सफल हुन यौटै मात्र शर्त छ
मेरो यो मन,तिम्रो त्यो मनसङ्ग मिल्नुपर्छ ।।

Copyright @ निरक्षर

भन्दिन म जिन्दगी छोटो छ !

मुक्तक 

भन्दिन म जिन्दगी छोटो छ !
भगवानको फैसला खोटो छ !!
जन्मसँगै पाएको खामलाई,
खोलेर हेर मृत्यूको फोटो छ !!

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ

रमेश श्रमिक

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ
दुवै मिली गर्नुपर्ने हजारबात बाकी नै छ

हिउदपछि बर्षा आउछ, अमृत झार्छ सुनेकै हो
बर्षा आयो गयो तर बरसात बाकी नै छ

तिमी आयौ बहर ल्यायौ फेरी छुट्ने कुरो किन
छुट्ने कुरा गर्दै गरौ, सिंगो रात बाकी नै छ

सौन्दर्यलाइ पुजा गर्छु, दासै बन्न परे बन्छु
यौबन देउ मैले दिने सौगात बाकी नै छ

नजर पिए एकपल्ट अधर पिउन बाकी नै छ
पिएपछि उम्लिने त्यो मस्त उन्माद बाकी नै छ

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ
दुवै मिली गर्नुपर्ने हजारबात बाकी नै छ