Saturday, March 29, 2014

नमस्कार , तपाई लाई हार्दीक स्वागत गर्दछ यो श्रपृनि समूह ।

नमस्कार , तपाई पाठक ,दर्शक अनि श्रोतालाई हार्दीक स्वागत गर्दछ यो श्रपृनि समूह ।

श्रपृनि समूह अर्थात श्रमिक ,पृथक ,निरक्षरको समूह ।
 के हो श्रपृनि समूह ?यहाँ अति नै संक्षिप्तमा रुपमा बुझ्ने र बुझाईने प्रयत्न गरिनेछ ।
 श्रपृनि समूह यौटा साहित्यीक समुह हो । अझ भनौँ साहित्यमा भर्खर भर्खर बामे सर्न लागेका युवाहरूको यौटा छुट्टै समुह हो जसमा तीनजना आबद्ध छन् छौँ ।


सामूहिक रुपमा हातेमालो गर्दै अगाडी बढ्दा साहित्यीक यात्रा अझ राम्रो , सुब्यबस्थीत र सहज हुनेछ  भन्ने हामीलाई लागेको छ । हुन त  जुनसुकै यात्रा पनि भनेजस्तो र सोचेजस्तो सजिलो सहज हुँदैन । त्यसमाथि यो साहित्यीक यात्रा त आफैमा यौटा साधना हो  ।यौटा तपस्या हो । यो त सहज हुनै नसक्ला ।
 तर कुरा के भने हाम्रो समूहमा हुने सामुहिक छलफल, अन्तरक्रीया ,बादबिबाद, भनाभन ,सोधासोधले रचनाहरुको स्तर केही न केही रुपमा उकासिन्छ ,उकासिनुपर्छ पनि ।

भोलीका दिनहरुमा नेपाली साहित्यको चर्चा परिचर्चा हुँदै गर्दा हाम्रो यो श्रपृनि समूहलाई अलग्याएर  कसैले पनि जाने आँट नगरुन् । या यो श्रपृनि समूहलाई अलग्याए त्यो चर्चा परिचर्चा ,ब्याख्या बिशलेण गरियो भने त्यो अधुरो होस् ।अधुरो ठानियोस । हो ,त्यो स्तरमा पु-याऊनु पर्छ यो समुहलाई ।पु-याउनु छ यो श्रपृनि समूहलाई । हाम्रो समुहका लागि यो एक कीसिमको चुनौति हो सँगसगै अवसर पनि ।

एकले अर्कोको सकारात्मक गुणलाई सकारात्मक पक्षलाई हौस्याउदै अनि कमी कमजोरी नकारात्मक पक्षलाई डाँडा कटाउने ल्याकत हामीले राख्नुछ, राख्नुपर्छ र राखिनेछ पनि ।
झट्ट सुन्दा ' श्रपृनि ' भन्ने शब्द 'सप्रिने 'जस्तो सुनिन्छ ।तसर्थ त्यसरी सुनिएको अर्थले सङ्केत गरेजस्तै अब हामीले जो जहाँ छौ ।जस्तो छौँ, जस्ता छौँ ,सो अबस्थाभन्दा अगाडी बढ्नु छ ।अर्थात सप्रीनु छ ,बिग्रीनु होइन । सुधार हुनुछ । बन्नु छ । बनाउनु छ  ।

अनि अर्को कुरो हाम्रो यो समुहलाई यौटा साहित्यीक समुहका रुपमा मात्र पनि नबुझ्नु होला । किनकी यो श्रपृनि समूह यौटा पृथक बिचार बोकि हिड्ने बैचारिक समुह पनि हो । यो यौटा उदाउदै गरेको बौद्धीक समूह पनि हो । साथसाथै यो अर्को कुरो पनि भन्नै पर्ने हुन्छ कि यो श्रपृनि समूह उदाउदै गरेको लेखकहरूको समूह हो । सिकारू लेखकहरुको  समूह पनि  हो । श्रपृनि समूह का बैचारीक लेखहरु तपाईले बिभिन्न पत्रपत्रीकामा पढ्दै आईरहनु भएको थियो । पढ्दै आइरहनु भएको छ र आगामी दिनहरुमा पनि पढ्न पाइरहनु हुनेछ ।

श्रपृनि समूह यौटा छुट्टै, बेग्लै, बिशेष र खास समुह हो ।
 अझ भनौ 'पृथक' समूह हो । नजान्नेबाट जान्नेतिर उन्मुख हुदै गरको यौटा त्रि-हस्ति समुह हो ।  
'निरक्षर'बाट साक्षर हुदै अगाडी बढेको समुह हो । यो समूह नेपाली साहित्यीक क्षेत्र, बौद्धीक क्षेत्र र पत्रकारिता क्षेत्र मा श्रम गर्न रूचाउने र श्रम गरेरै श्रमका आधारमा आफ्नो पृथक पहिचान बनाऊन लागि परेको समूह हो ।

 जो आफ्नो छुट्टै पहिचान बनाउन निरन्तर श्रम गरिरहेछ  । निरन्तर लागिपरेको छ ,लागी पर्नेछ र लागिपरिरहनेछ ।निरन्तर  श्रम गर्दै  'श्रमिक' बनेर ।

घोच्छन् मान्छेहरू ॥




घोच्छन् मान्छेहरू.........

दुख्छ था छ तर पनि घोच्छन् मान्छेहरू ॥
दुख्यो कि त ? भन्दै फेरि सोध्छन् मान्छेहरू ॥

हेरे हुन्छ मान्छे भित्रै इश्वरको बास छ
यताउता भौँतारिदै खोज्छन् मान्छेहरू ॥

हेर्ने नजर दुष्ट भए सबै उस्तै देखिन्छ
स्वर्गैलाई पनि नर्क सोच्छन् मान्छेहरू ॥


जीबन यौटा परीक्षा हो भन्ने जान्दा जान्दै
फुल ठानी काँडालाइ रोज्छन् मान्छेहरू ॥

जीन्दगी रैछ सादा पाना भर्नु पर्ने रङ्गहरूले
जिस्कीएरै कालो रङ्ग पोत्छन् मान्छेहरु॥


COPYRIGHT @ 2

हामी दुईलाईनिम्तोआज, गरे शिवले !



दाहाल पृथक


शिवलाई........
वधाई छपर्णय पीडामा पनि !!
हामी दुईलाईनिम्तोआज, गरे शिवले ! 
राम्रोअनि नराम्रो ग्यान,छरे शिवले !!

पशुपति डाके एक्लैमलाईकैलाश छाडी,
उन्लाइ लिईसालिनदी , तरे शिवले !!

पुरानैबानि दोहोर्याए,कि कसो हो...?
मेरी प्यारी उनीलाईनै , हरेशिवले !!

यस्तोसोचेकोत कहॉथिऍरमैले, !
जिंउदै मलाई मार्नेकाम गरेशिवले !!!!

@पृथक@

उसामा मलाइ, नदेखुन कसैले

केही समय पछि एउटा गजल......यसरी सुरु हुन्छ ...

उसामा मलाइ, नदेखुन कसैले
भित्र छु म, बाहिर नदेखुन कसैले

छ पेट भोको, जानु छ श्रम गर्न
खुला मार्ग मेरो, नछेकुन कसैले

छ गन्तब्य त्यस्तो, म नै पुग्नुपर्छ
कुर्दै छन् मलाइ, नसोधुन कसैले 


उसामा मलाइ, नदेखुन कसैले
भित्र छु म, बाहिर नदेखुन कसैले 


रमेश श्रमिक..

2070/11/13

भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥



यौटा गजल-
(यो गजल अस्ति कक्षामा पढ्दा पढ्दै एक्कासी फुरेको हो)


भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥
किन हौ यसरी लुकाएर कुरा गर्छौ ॥


भो छाडिदेऊ अब ति पुराना कुरा
सुकिसकेको घाउ उप्काएर कुरा गर्छौ ?

रूनु अझै बाँकि छ ,जोगाऊ ति आँशु
भएजति आजै सारा आसु सुकाएर कुरा गर्छौ ?

कति सहनु भन- तिम्रो त्यो मनले
जिन्दगी नै पुरै दुखाएर कुरा गर्छौ ?

Copyright @ निरक्षर

हेरियो.....

रमेश श्रमिक



 मुक्तक 

हेरियो.....

पहिले-पहिले ढल्केर हेरियो
नहेर्नु हेरेपछि सल्केर हेरियो
हेराइको मज्जा तब पो आयो
जब देखि पल्केर हेरियो 

रमेश श्रमिक २०७०/११/१३ गते

द्वन्द्वका यी घाउहरु चराईरहेछन् ।



द्वन्द्वका यी घाउहरु चराईरहेछन् ।
दुई/चार जना मेरा दाई हराईरहेछन् ।।
नसोध्नुस कति घाऊ छ यो मुटुमा,
आज नेताजीले नुन चुक छराईरहेछन् ।।

एक चोटी मैले पनि झुकेर हेरेँ


यो मध्यरातमा यौटा गजल फुर्छ .....यसरी.....


एक चोटी मैले पनि झुकेर हेरेँ ॥
के रैछ रहस्य यसो लुकेर हेरेँ ॥

साना कोठा ठुला मन किन हो मलिन छ ?
त्यही गल्ली त्यही कोठा ढुकेर हेरेँ ॥

पहाड रैछ अभाब र पीडाको ती मनमा
तिनै मनहरू सँगै दुखेर हेरेँ ॥

तप्प -तप्प चुँदै थियो आँशु छानोबाट
घाँटी यसो तन्काएर उठेर हेरेँ ॥

मेरो दु:ख के दु:ख ? उसको पो दु:ख हो
साँच्चै !आफैले आफैलाई थुकेर हेरेँ ॥

Copyriht @निरक्षर निरौला

खाली छ देह मेरो, माया लिएर आउ

धेरै समय पछि एउटा गजल.......... यसरी सुरु हुन्छ

खाली छ देह मेरो, माया लिएर आउ
फ़ाटेको त्यो रुमाललाई, सिएर आउ

आउछौ ? आउ ! स्वागत छ तिमीलाई
तर रुप होइन सुन्दर मन जिएर आउ
खाली छ देह मेरो, माया लिएर आउ

थोपा-थोपा बनि पग्लदै छ, यो जीन्दगी
कमजोर छु म, अलिकति अमृत पिएर आउ
खाली छ देह मेरो, माया लिएर आउ

copyright@रमेश श्रमिक 2070-11-29

बिद्रोहका रॉकाहरु, बलेपछि यहॉ

गजल दुई शेर मात्र है त ।



बिद्रोहका रॉकाहरु, बलेपछि यहॉ !
कलम सँगै तरवार , चलेपछि यहॉ !!

हो, सिंह दरवारमा सिंह हुलिन्छ तव,
सिधा,सोझा नेपाली मन,जलेपछि यहॉ !!

पृथक !!

आज त खाने दिन हो, गाँजा पाईन्छ कि ?

मुत्तक--

आज त खाने दिन हो, गाँजा पाईन्छ कि ?
बमबम भोले शिबजीको खाजा पाईन्छ कि ?
भन्दीनँ म सबै देऊ , बाँडेर खानुपर्छ
तिम्ले खाने अमृत बाबा!आधा पाईन्छ कि॥

Copyright @ निरक्षर

मैले घर छोड्ने बेलामा, बेस्सरी रोएकी थियौ आमा

गाउमा ''गोरखा'' भएकी मेरो ममीलाई सम्झेर ................. एउटा गजल यसरि सुरु हुन्छ


मैले घर छोड्ने बेलामा, बेस्सरी रोएकी थियौ आमा
आफ्ना चाउरिएका मुहार, आसुले धोएकी थियौ आमा

गोरेटोमा पाइला चाल्दै माथि लाग्दा, थोरै सकस भएन
दुइ मुटु छुट्टिने बेलामा, दही खोएकी थियौ आमा

मलाइ मन थियन घर छोड्न, बाध्यताले कसी ल्यायो
मलाइ केही हुदा बिछट्टले, बहएकी थियौ आमा 

धेरै क्षितिज पारी छु आज, सम्झनाले सताउछ
छाक टार्नलाइ त्यहि सिस्नु, बोकेएकी थियौ आमा

आमा, म आउछु नि ! आगनको डिलबाट हेर्नु है
मेलाबाट फर्कदा पटुकिमा, चिउरा बाधिएकी थियौ आमा

मैले घर छोड्ने बेलामा, बेस्सरी रोएकी थियौ आमा
आफ्ना चाउरिएका मुहार, आसुले धोएकी थियौ आमा

रमेश श्रमिक

नेताहरु BICC मा खै के के घिच्दैछन्

मुक्तक एउटा ।।


नेताहरु BICC मा खै के के घिच्दैछन् !
खेलाडीहरु अनवरत खेल जित्दैछन् !!
कस्ता रहेछन् यी राष्ट्रघाति पिपासु,
बिना रगतको शरिरलाई फेरि किच्दैछन् !!!!

पृथक !!

मै सौख से नहीँ मजबुरी से पीता हुँ

हिन्दीमेँ एक मुक्तक यहाँ पे ऐसे-

मै सौख से नहीँ मजबुरी से पीता हुँ ॥
मत पुछो, तुम्हारे बगैर कैसे जीता हुँ ॥
तुम्ने तो छोडदिए टुकड़े-टुकड़े करके दिलको
अकेले मैँ ईधर, वो टूटाफुटा दिल सिता हुँ ॥

copyright @ निरक्षर

मनै रसिलो भो

एउटा गजल

उनि मेरो मनमा बास बसेदेखि, मनै रसिलो भो
बसन्तमा पाउला पलाए, कोइली कराए बनै रसिलो भो

यथार्थ र वास्तविक कुरा गर्छिन उनि, कहिलै ढाटदिनन्
सधै उनको मेरो सम्बन्धमा कुरा गर्दा, तनै रसिलो भो

छटपटीमा सधै उनी, खेप्नु दुख खेपी राछिन्
आफ्नै लाग्न थालेको छ, प्रेरणा दिदा जनै रसिलो भो 

खराब छ यो सबै दुनिया, केही बोल्दिनन अगाडी उनी
निसास्सियको छु निस्पट्टमा, उनकै सम्झनाले पनै रसिलो भो

उनि मेरो मनमा बास बसेदेखि, मनै रसिलो भो
बसन्तमा पाउला पलाए, कोइली कराए बनै रसिलो भो

रमेश श्रमिक दवाडी २०७०-१२- ५ गते, बुधबार

सपनिमा नआऊ तिमी, बिपनिमा आउने गर


गजल.......

सपनिमा नआऊ तिमी, बिपनिमा आउने गर !
मायॉको यो झुपडीलाई मायॉले नै छाउने गर !!

मायॉ भन्ने निरथॆक छ, त्यसको अथॆ भेटिएन,
के हो मायॉ मनलाई सोधि विचार गरि धाउने गर !!

कयौं पढें पुस्तक तर , मायॉ शव्दै बुझ्या छैन ,
दु;ख भित्र शुख पक्कै छ, त्यहि तिमी पाउने गर !!

नबुझ्दा नि धर छैन मायॉ, बुझ्ने कोषिश जरुरी,
सबै बाटा बन्दनै छन्, खुल्ने आशमा लाउने गर !!

पृथक !!

कहिल्यै पुरा भएन निरक्षरले आँटेको

यौटा मुत्तक:

कहिल्यै पुरा भएन निरक्षरले आँटेको
सुन्छु कुरो सधै ,सधैँ ,सधै नै फाटेको ॥
यौटै काम बनाऊन हजार झुट बोल्नु पर्छ
आखिर कैलेसम्म छिप्छ कुराहरू ति ढाँटेको ॥

-निरक्षर

मौनताको सहरमा, चर्चा चलेछ

गजल ................................ यसरी सुरु हुन्छ ,,स्वीकार्नुस !!!!

मौनताको सहरमा, चर्चा चलेछ
उन्को मेरो सम्बन्धमा, पर्चा चलेछ

थाहा छैन के हो ? अबुझ, गवार छु
ब्रमाण्डका भुतहरुमा, मर्चा चलेछ

नाकले सुन्छु, कानले सुघ्छु, यतै कतै
पिजडाको भित्र मैनालाई, गर्चा चलेछ 

खोजे आफुलाई सारा संसारमा सकसले
दिल जलेको बेलामा उन्मुक्तले, ङर्चा चलेछ

मौनताको सहरमा, चर्चा चलेछ
उन्को मेरो सम्बन्धमा, पर्चा चलेछ

Copyright@रमेश श्रमिक 2070-12-10

उनले मन पराएरै गार्हो भो-दाहाल पृथक

मुक्तक

उनले मन पराएरै गार्हो भो !
छट्पट छट्पट गराएरै गार्हो भो !!
दिनमा दिएको समयले पुगेँन रे,
सपनिमा हामी दुई हराएरै गार्हो भो !!

पृथक...!!

जीत हुन्छ नेपालीको हार हुदैन- 'निरक्षर'

आफ्नै प्रतिज्ञा तोड्दै यौटा मुत्तक लेखेँ यहाँ यसरी-

जीत हुन्छ नेपालीको हार हुदैन
गोर्खालीको श्रम कैलै बेकार हुदैन ।
कसरी बताऊ यो ऐतिहासीक खुसी ?
ब्यत्त गर्ने त्यस्तो कुनै उद्गार हुदैन॥

आजभोलि बोलाउदाखेरि बोल्न छोड्यौ-रमेश श्रमिक



आजभोलि बोलाउदाखेरि बोल्न छोड्यौ
के भयो र भूल मेरो फेरी बोल्न छोड्यौ

खाली थियो मुटु भित्र जिन्दगीका पाना
त्यै पानामा नाम आफ्नोकेरि बोल्न छोड्यौ

इसाराले दोबाटोमा पर्खायौ र फ़ेरि
क्षनिक्तमा चिल्ला कुरा जेरि बोल्न छोड्यौ 

कहिलेकाही हिड्दा तिम्रो आगनिको बाटो
देखे पनि नदेखे झैँ गरि बेवास्थाले बोल्न छोड्यौ

आजभोलि बोलाउदाखेरि बोल्न छोड्यौ
के भयो र भूल मेरो फेरी बोल्न छोड्यौ

रमेश श्रमिक@copyright2070/12/10

समश्यालाई पोल्टो भित्र- दाहाल पृथक



समश्यालाई पोल्टो भित्र ,अटाउदैछ मान्छे !
रोई ,कराई ,छट्पटाई दिन, कटाउदैछ मान्छे !!

आफन्त र ईष्टमित्र बिर्सिदैछन् आजभोली,
रगत अनि मानव नाता, फुटाउदैछ मान्छे !!

पैसा पैसा पैसा हरेक पाईला पैसाकै पछि,
जिन्दगीलाई डलर सोचि, सटाउदैछ मान्छे !!

कति सम्म देख्नुपयॊ यी ऑखाले पनि,
आफन्तकै मर्नेदिन, खटाउदैछ मान्छे !!

पृथक !!

अलिकति त्यता तिर- 'निरक्षर'

अलिकति त्यता तिर सर्न मिल्छ कि ?
नजिकै आई गोप्य कुरो गर्न मिल्छ कि ?
'रिजर्ब'हो भने त कुरै भएन,खाली भए चैँ
त्यो दिलमा नाम मेरो भर्न मिल्छ कि ?

- निरक्षर

हिजो राति सपनीमा उनि, आएर बोलाइन -रमेश श्रमिक


हिजो राति सपनीमा उनि, आएर बोलाइन
मिठा-मिठा सुन्दर गीत, गाएर बोलाइन

उन्कै यादमा तड्पी-तड्पी सिरानीलाई उनि नै बनाई
औसी रातमा एकै छिन् गम, खाएर बोलाइन

बिपनिमा क्षितिज पारी छिन्, उन्कै याद आउछ
उनले पनि उन्कै सपनीमा, पाएर बोलाइन 

कल्पनामा डुब्दा-डुब्दै भुसुक्कै निदायछु रातमा
जता-जतै उनि नै उनि रमेश भनि छाएर बोलाइन

सपनी ! सपनी मात्र भैदीदा, दिक्क लाग्छ
राति-राति सपनीमा, धाएर बोलाइन

हिजो राति सपनीमा उनि, आएर बोलाइन
मिठा-मिठा सुन्दर गीत, गाएर बोलाइन

रमेश श्रमिक२०७०-१२-११ गते

भनि उसले -' ढुङ्गो भऍरे म -दाहाल पृथक




दाहाल पृथक


भनि उसले -' ढुङ्गो भऍरे म !
बेशाहारा अनि, बुङ्गो भऍरे म !!

जिन्दगीलाई यत्रतत्र छोड्ने,
व्यावहारिसे र बेटुङ्गो भऍरे म !!

क्या थकॊई यार हिजो त मलाई,
हाबाले नि उडाईलाने फुङ्गो भऍरे म !!

खै के के हो के के ....!! भक्तले टिप्ने,
दोबाटोको फूलको थुंगो भऍरे म !!

ईमान्दार बढि भईस पनि थपि,
जसलेनी खेल्न मिल्ने चुङ्गो भऍरे म !!

उसको चॉहि गालि पनि गजल हुने !!
मेरो चॉहिं........................................!!

पृथक !!