Tuesday, February 25, 2014

पढ्नुको अर्थ

थालिएको तर पुरा हुनै नसकेको 
यौटा खण्डकाव्यको एक श्लोक यहाँ यसरी-

पढ्नुको अर्थ कै हैन अरू मात्र सोच फेर्नु हो
एकतर्फी हैन सबतिरबाट जिन्दगी हेर्नु हो॥
सपना अनेक फुटेरै गए ति तिम्रा पिताको
भएनन् कुनै सपना पुरा तिनले चिताको॥

copyright @ निरक्षर

शास्त्रीय छन्दमा रचित यौटा कविताको अंश-

शास्त्रीय छन्दमा रचित यौटा कविताको अंश- (तोटक छन्द)-

मनका हरकुनामा बस्छौ तिमी
लाग्छ शंका भने ऐले हेर छामी ।
हँसाई क्या मिठो लाग्छ हेरिरहुँ
तिम्रो नै नाम मुटुमा केरिरहुँ ॥1॥

तिम्रो पाउमा झारिदिउँ कि तारा
कि त झुकाइदिऊ दुनियाँ सारा ।
लजालु हेराई भएँ भुतुक्क म 
हृदयमा बस्न पाए सुटुक्क म ॥2॥

Copyright @ निरक्षर

ए भानुभत्त कहाँ छौ तिमी

यौटा कविता यसरी सुरु हुन्छ ...

ए भानुभत्त कहाँ छौ तिमी छौ कुन लोकमा ।
सालिक मात्रै देख्दछु म त यी हाम्रा चोकमा॥
भानु झै तिमी भएर यहाँ चम्कियौ यसरी ।
के भनी तारीफ गरूँ म तिम्रो थालुँ पो कसरी ॥

Copyright @ निरक्षर

दर्केछ रातमा,

 गजल

बिछट्टले पानी, दर्केछ रातमा
घर माथि पैरो, खसेछ रातमा

घर, घर थिएन, झुपडी थियो
वरि-परी जल नै जल भएछ रातमा

पशु सहित मानब त्यो, दुबी गयो
ग्वार-ग्वार लाई, रहेछन रातमा 

बिछट्टले पानी, दर्केछ रातमा
घर माथिको पैरो, खसेछ रातमा

रमेश श्रमिक २०७०/११/१३ गते

उसामा मलाइ, नदेखुन कसैले



उसामा मलाइ, नदेखुन कसैले
भित्र छु म, बाहिर नदेखुन कसैले

छ पेट भोको, जानु छ श्रम गर्न
खुला मार्ग मेरो, नछेकुन कसैले

छ गन्तब्य त्यस्तो, म नै पुग्नुपर्छ
कुर्दै छन् मलाइ, नसोधुन कसैले 

उसामा मलाइ, नदेखुन कसैले
भित्र छु म, बाहिर नदेखुन कसैले

रमेश श्रमिक..

2070/11/13

Monday, February 24, 2014

बिझाउदै छ !!


बिझाउदै छ !!

द्वन्द्वका ति घाउहरु चराईरहेछन् ।
दुई/चार जना मेरा दाई हराईरहेछन् ।।
नसोध्नुस कति घाऊ छ यो मुटुमा,
आज नेताजीले नुन चुक छराईरहेछन् ।।

उनको यादमा रुदै छु !




उनको यादमा रुदै छु !
अधॆ जिवित म हुदै छु !!

के म्यासेज दिउ तिमीलाई,
आज ऑशुले मुहार धुंदै छु !!

खरानि बनायौ मेरो जीवन,
भगवानको प्यारो हुदै छु !!

पृथक !!

Tuesday, February 18, 2014

मान्छे निर्धो किन छ अहिले, तेजिलो राप छैन




सडक बालबालिकाको अवस्था देखेर लेखेको गजल यस्तो छ..............

मान्छे निर्धो किन छ अहिले, तेजिलो राप छैन
साथ छुट्यो,गास छुट्यो बरालिदै छ, बस्ने बास छैन

कठै ! पालो आएन राम्रो लुगा, मिठो खान पाउने
सधै सडे-गलेको खाए पनि, कुनै रोगको त्रास छैन

शरीर-बस्त्र दुर्गन्दित छन्, रोए कति कति चिलाएर
कति दिन बाच्चन ति ? हात समाई लाने कोइ छैन

मुटुमा बिझ्ने बाण हान्छन्, सहञ्छन बबुरा ति
हामी कति निर्धन छौ ? मनबता के हो थाहा छैन

रमेश श्रमिक
२०७०/११/६ मंगलबार

फेरि देखें हिजो राति, उनलाई सपनिमा




एउटा गजल हैत !!
अस्ति राति देखेको सपनिमा आधारित ।।

फेरि देखें हिजो राति, उनलाई सपनिमा !
टोलाई-टोलाई हेर्दै थिईन,जुनलाई सपनिमा ।।

खुशि थिईनन् उनि, खै किन हो कुन्नी, !!
खोज्दै थिईन् मलाई देखि,रुनलाई सपनिमा ।।

दु:ख पॉऍ मैले धेरै गुनासो पो गर्दै थिइन्,
केलाउदै थिइन आज मेरा, गुनलाई सपनिमा ।।

मॉयॉ के हो. ? चिन्न सकिन ,भन्दै थिइन् आज,
धिकार्दै थिईन सम्पति र सुनलाई सपनिमा ।।

पृथक !!

Sunday, February 16, 2014

भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥


यौटा गजल-
(यो गजल अस्ति कक्षामा पढ्दा पढ्दै एक्कासी फुरेको हो)

भन किन त्यो शिर झुकाएर कुरा गर्छौ ॥
किन हौ यसरी लुकाएर कुरा गर्छौ ॥

भो छाडिदेऊ अब ति पुराना कुरा
सुकिसकेको घाउ उप्काएर कुरा गर्छौ ?

रूनु अझै बाँकि छ ,जोगाऊ ति आँशु
भएजति आजै सारा आसु सुकाएर कुरा गर्छौ ?

कति सहनु भन- तिम्रो त्यो मनले
जिन्दगी नै पुरै दुखाएर कुरा गर्छौ ?

Copyright @ निरक्षर

सोझो बाटो भैकन, घुम्ती बाटो हिड्छौ किन ?



एउटा गजल यसरी सुरु हुन्छ........

सोझो बाटो भैकन, घुम्ती बाटो हिड्छौ किन ?
आधुनिकता साथ लिइ, परम्परा भुल्चौ किन ?

हिन्दु नारी भएपछि, गंगा जस्तै चोखो बन्नु
दसतिर झुटो माया, प्रेमजाल बुन्चेउ किन ?

देबी-देवताको पुकारेर, के पाउछौ र जिन्दगीमा ?
भाग्य ठुलो भनेर, डोकोमा दूध दुन्चौ किन ?

आफ्ना कुरा सुनाउने भा, अरुकानी सुन्नुपर्छ
बा,आमाले बोल्दा खेरी, दुवै काna थुन्छौ किन ?

लगाएकी छौ रे कुर्ता सलवाल, जवानीले त्यसै राम्री
बनाउनलाई मिनिस्कट, नया लुगा तुन्चौ किन ?

पहिले-पहिले जीवनमा, नगर्नु नि गर्यो क्यारे
आज फेरी घुक्क-घुक्क, डाको रुन्छौ किन ?

copyright@rameshsramik 2070/11/4

Saturday, February 15, 2014

बिछोड पछिको जीवन जिउदाको पीडा !

यो चिसो मौसम सॅगै ...
उनको याद मिसाउदै एक मुक्तक ।।

बिछोड पछिको जीवन जिउदाको पीडा !
पहिलो पटक नसी पिउँदाको पिडा !!
नसोध भो तिमीले मलाई कति हुन्छ ,
टुटेको मुटुलाई फेरी सिउँदाको पीडा !!!
@पृथक @..

Tuesday, February 11, 2014

रमा छ हाम्रो देश,चलाउदैछन् बुढाहरु !!




एक मुक्तक है त ..!!

रमा छ हाम्रो देश,चलाउदैछन् बुढाहरु !!
हो रे !! नुन रोपि सुन,फलाउदैछन् बुढाहरु !!
बिडम्बना !! मेरो देशको,धेरै दु:ख लाग्दैछ ,
बिदेश पठाई युवालाई देश,जलाउदैछन् बुढाहरु !!

अलिकति छैन भने लाज, घिन, डर




आज २०७०/१०/ २८ - बानेस्वरबाट चाबहिल जादै गर्दा लेखेको गजल है त !

अलिकति छैन भने लाज, घिन, डर
रुनुको के अर्थ हुन्छ, जलाएर घर

अरुको प्रगतिमा लिप्त छन्, इर्स्या डाहा गर्नेहरु
समाज बिचित्र छ यहाँ, कस्को मान्नु भर
रुनुको के अर्थ हुन्छ, जलाएर घर

दुई गास खान धौ धौ छ, दिदैनन कसैले यहाँ
कति बस्छौ परजिबी भइ, नौ नाडी खियाउने गर
रुनुको के अर्थ हुन्छ, जलाएर घर

देह न हो ! यो गली सक्यो, गर्दैनन् काम
प्याट्ट फुट्यो चुरा यो, नाडीमा धर
रुनुको के अर्थ हुन्छ, जलाएर घर

copyright@rameshsramik

Sunday, February 9, 2014




मान्छे मर्दछ भोकले, सडकमा बैसखाका रातमा
मनुस्य जीवन बिचित्र छ!भानुका रश्मी पर्दैन पातमा

कोहि महल कोहि झुपडीमा बच्छन, म उनकै साथमा
अदिन खोज्छ पानी ! कहाँ अडिन्छ र कर्कलाको पातमा

सफा चदुवा भित्र दुर्गन्धित मणि देख्छु खातै खातमा
ब्रमाण्ड छ ओटै ऋतुमा चल्दछ, बिस्ट्याई रहेछन पातमा 
मान्छे मर्दछ भोकले, सडकमा बैसखाका रातमा

copyright@ramesh sramik 2070/10/27

अभियान बोकेर हिडेको मान्छे ॥



को हो सहिद ?(गजल-शिर्षक)

यौटा अभियान बोकेर हिडेको मान्छे ॥
कसले भन्यो हँ ? धोकेर हिडेको मान्छे॥

चल्ने मात्रै हैन देश, दौडनु पर्छ भन्दै
आफ्नै जिन्दगी रोकेर हिडेको मान्छे॥

रिसाएकै हो ऊ- ठूलाठालुबाट
आँखा तर्दै दाँत टोकेर हिडेको मान्छे ॥

धेरै धेरै थिए- गद्दारहरु त्याहाँ
छानी छानी गोली ठोकेर हिडेको मान्छे ॥

'बाँच र बचाऊ' हैन 'बचाऊ र बाँच' भन्ने
 त्यस्तो दुर्लभ सिद्धान्त घोकेर हिडेको मान्छे॥

तरबारको धारमा राखेर जीन्दगी
प्रत्येक क्षण मृत्यु खोकेर हिडेको मान्छे ॥

-शंकर निरौला 'निरक्षर '

कविताको सीर्सक: गरिबको जीवन

कविताको सीर्सक: गरिबको जीवन



गरिब गयो त्यो डाडा पारी
घास काट्न भिरैमा
थाकेको जिऊ, घासको भारी
नाम्लो छ सिरैम

बिचरो हिड्छ, अक्करै अक्कर 
ज्यान माया मारेर
लागेको भोक मेटेको हुन्छ
पटुका कसेर

घरमा आइ बिसाइ भारी
टुसुक्क बस्यो, पसिना पुछेर
आखाको आसु थामेको हुन्छ
बिगतलाई सम्झेर

बाबालाइ देखि ति साना बालक
आऊचन हुरुरु
काखमा बसी भोक लाग्यो
भनि रुञ्चन धुरुरु

नरोओ बाबु, नरोओ नानी
गाऊबाट चामल खोजेर ल्यौचु
पकाई भात दुधको साथ
Timilaai खुवाउचु

भनेर फकाई, नमानी थकाई
अन्नको खोजीमा
थिएन दाम एक रूप्या सम्म
फाटेको गोजीमा

पाउदैन चामल एक माना सम्म
रोएर आउच
दुहेर गाई, तताई दूध
फकाई खुवौच

हे दैब आज गरिब पारी
जन्मायौ तिमीले
गरिबले गर्ने श्रमको मूल्य
पायनम हामीले

गरिब सधै श्रम गर्छ
पटुका कसेर
गरिबको श्रम सामन्ती खाने
पलेटी कसेर दैब पलेटी कसेर

Copyright@rameshsramik 2070/10/26

Saturday, February 8, 2014

भोली होकि पर्सि हो, मर्दै छुरे म त


भोली होकि पर्सि हो, मर्दै छुरे म त !
नराम्रा काम पटक-पटक, गर्दै छुरे म त ।।

फुटपाथ र क्याफेमा हुन्छु रे म सधैं ,
भ्रामक र उक्तिभाव ,छर्दै छुरे म त ।।

जीवन मागॆ बन्द गरि कन आफैं,
अरुलाई पो तगारो भर्दै छुरे म त ।।

साथि भाईको साथ छोडि खै किन. ?
अन्यत्र नै बसाई आज, सर्दै छुरे म त ।।

खै.,,,,,,,,,.! सल्लाह तिम्ले, दिएको मलाई ?
अँ खँ ! नफर्किने गरि उँधो, झर्दै छुरे म त ।।

दाहाल पृथक !!

सौन्दयॆ अनि रुपका कुरा गरे ।

मुक्तक ।

सौन्दयॆ अनि रुपका कुरा गरे ।
सुख सँगै दु:खका कुरा गरें ।
मग्न अनि मस्त यो रातमा,
प्रेम र भाबुकका कुरा गरें ।।।।

Thursday, February 6, 2014

नमस्कार , तपाई लाई हार्दीक स्वागत गर्दछ यो श्रपृनि समूह ।

नमस्कार , तपाई पाठक ,दर्शक अनि श्रोतालाई हार्दीक स्वागत गर्दछ यो श्रपृनि समूह ।
श्रपृनि समूह अर्थात श्रमिक ,पृथक ,निरक्षरको समूह ।
 के हो श्रपृनि समूह ?यहाँ अति नै संक्षिप्तमा रुपमा बुझ्ने र बुझाईने प्रयत्न गरिनेछ ।
 श्रपृनि समूह यौटा साहित्यीक समुह हो । अझ भनौँ साहित्यमा भर्खर भर्खर बामे सर्न लागेका युवाहरूको यौटा छुट्टै समुह हो जसमा तीनजना आबद्ध छन् छौँ ।

सामूहिक रुपमा हातेमालो गर्दै अगाडी बढ्दा साहित्यीक यात्रा अझ राम्रो , सुब्यबस्थीत र सहज हुनेछ  भन्ने हामीलाई लागेको छ । हुन त  जुनसुकै यात्रा पनि भनेजस्तो र सोचेजस्तो सजिलो सहज हुँदैन । त्यसमाथि यो साहित्यीक यात्रा त आफैमा यौटा साधना हो  ।यौटा तपस्या हो । यो त सहज हुनै नसक्ला ।
 तर कुरा के भने हाम्रो समूहमा हुने सामुहिक छलफल, अन्तरक्रीया ,बादबिबाद, भनाभन ,सोधासोधले रचनाहरुको स्तर केही न केही रुपमा उकासिन्छ ,उकासिनुपर्छ पनि ।

भोलीका दिनहरुमा नेपाली साहित्यको चर्चा परिचर्चा हुँदै गर्दा हाम्रो यो श्रपृनि समूहलाई अलग्याएर  कसैले पनि जाने आँट नगरुन् । या यो श्रपृनि समूहलाई अलग्याए त्यो चर्चा परिचर्चा ,ब्याख्या बिशलेण गरियो भने त्यो अधुरो होस् ।अधुरो ठानियोस । हो ,त्यो स्तरमा पु-याऊनु पर्छ यो समुहलाई ।पु-याउनु छ यो श्रपृनि समूहलाई । हाम्रो समुहका लागि यो एक कीसिमको चुनौति हो सँगसगै अवसर पनि ।

एकले अर्कोको सकारात्मक गुणलाई सकारात्मक पक्षलाई हौस्याउदै अनि कमी कमजोरी नकारात्मक पक्षलाई डाँडा कटाउने ल्याकत हामीले राख्नुछ, राख्नुपर्छ र राखिनेछ पनि ।
झट्ट सुन्दा ' श्रपृनि ' भन्ने शब्द 'सप्रिने 'जस्तो सुनिन्छ ।तसर्थ त्यसरी सुनिएको अर्थले सङ्केत गरेजस्तै अब हामीले जो जहाँ छौ ।जस्तो छौँ, जस्ता छौँ ,सो अबस्थाभन्दा अगाडी बढ्नु छ ।अर्थात सप्रीनु छ ,बिग्रीनु होइन । सुधार हुनुछ । बन्नु छ । बनाउनु छ  ।

अनि अर्को कुरो हाम्रो यो समुहलाई यौटा साहित्यीक समुहका रुपमा मात्र पनि नबुझ्नु होला । किनकी यो श्रपृनि समूह यौटा पृथक बिचार बोकि हिड्ने बैचारिक समुह पनि हो । यो यौटा उदाउदै गरेको बौद्धीक समूह पनि हो । साथसाथै यो अर्को कुरो पनि भन्नै पर्ने हुन्छ कि यो श्रपृनि समूह उदाउदै गरेको लेखकहरूको समूह हो । सिकारू लेखकहरुको  समूह पनि  हो । श्रपृनि समूह का बैचारीक लेखहरु तपाईले बिभिन्न पत्रपत्रीकामा पढ्दै आईरहनु भएको थियो । पढ्दै आइरहनु भएको छ र आगामी दिनहरुमा पनि पढ्न पाइरहनु हुनेछ ।

श्रपृनि समूह यौटा छुट्टै, बेग्लै, बिशेष र खास समुह हो ।
 अझ भनौ 'पृथक' समूह हो । नजान्नेबाट जान्नेतिर उन्मुख हुदै गरको यौटा त्रि-हस्ति समुह हो ।  
'निरक्षर'बाट साक्षर हुदै अगाडी बढेको समुह हो । यो समूह नेपाली साहित्यीक क्षेत्र, बौद्धीक क्षेत्र र पत्रकारिता क्षेत्र मा श्रम गर्न रूचाउने र श्रम गरेरै श्रमका आधारमा आफ्नो पृथक पहिचान बनाऊन लागि परेको समूह हो ।

 जो आफ्नो छुट्टै पहिचान बनाउन निरन्तर श्रम गरिरहेछ  । निरन्तर लागिपरेको छ ,लागी पर्नेछ र लागिपरिरहनेछ ।निरन्तर  श्रम गर्दै  'श्रमिक' बनेर ।


                            

shraprini_'श्र पृ नी ' समुहको गजल प्रस्तुती (video2)

shraprini_'श्र पृ नी ' समुहको गजल प्रस्तुती (video2)





youtube मा हेर्नका लागि यहाँ click गर्नुस् >>>
                                                             https://www.youtube.com/watch?v=McNtJirABSw

.

Wednesday, February 5, 2014

shraprini_'श्र पृ नी ' समुह -यौटा बेग्लई साहित्यिक समुह(परिचय )

shraprini_'श्र पृ नी ' समुह -यौटा बेग्लई साहित्यिक समुह(परिचय )






youtube मा हेर्नका लागि यहाँ click गर्नुस् >>> shraprini_'श्र पृ नी ' समुह -यौटा बेग्लई साहित्यिक समुह video 1




.

उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख



सत्य घटनालाई लाई बिम्ब बनाएर लेखेको एउटा गजल hai त ! 
यो गजल सोमबार राति १२:३० बजे leखिएको हो । मिति २०७०/१०/२० 

उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख 
हान्यो रिमई माझी दाईले, जाल साझ पख 

त्यही जालमा जेलिएर निस्किन, मक्ष गन्ध 
भेटे रिमई जाल भित्र, माल साझ पख 
उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख

के हेरे थिन एकै नजर, मनमा लागो बाण
भन्नु होला मत रिमई बेहाल भए साझ
उठ्यो रिमई समुन्द्रमा ,छाल साझ पख

बान्की उन्को, रुप उन्को हिस्सी उन्को देख्दा
सत्य रिमई निको थेन, चाल साझ पख
उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख

क्याम्पसमा सगै बस्ने, पड्ने बानी हुदा
भने रिमई जुनी-जुनी माया, गर्छु साझ पख
उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख

पहिलो प्रयास असफल भो, नबुजेको हुदा
लेखे रिमई छटपटीमा, गजल साझ पख
उठ्यो रिमई समुन्द्रमा, छाल साझ पख

Monday, February 3, 2014

अनि गजलकार भए &


@ अनि गजलकार भए &

सब्दको चुरोमा डुबेर, उत्रेर गजलकार भए
भाषा साहित्यलाई लिएर, अनि गजलकार भए

कोहि कसैले दिए बान्की, सुनेर गजलकार भए
भावनामा डुबेर, मुछेर, अनि गजलकार भए

द्वदस्चह, मार्गश्ह सप्तनम ऋतुमा गजलकार भए
पल्लबिहरुम हल्लिएर, पग्लिएर गजलकार भए

समुन्द्रले निस्पट्टमा बेगको छाल झै गजलकार भए
सारथीले बनायर, मिल्काएर, लत्याएर अनि गजलकार भए

copyright @रमेश श्रमिक
२०७०/१०/ २०

Sunday, February 2, 2014

यौटा मरेको जिन्दगी बोकिरहेछु म॥

- यौटा मुत्तक


यौटा मरेको जिन्दगी बोकिरहेछु म॥
'राम नाम सत्य हो ' घोकिरहेछु म॥
धत् ,कसले भन्यो...यसलाई जिन्दगी ?
प्रत्येक क्षण मृत्यू खोकिरहेछु म॥

copyright @ निरक्षर