Friday, January 30, 2015

gajal- शंकर निरौला 'निरक्षर'

संयुक्त गजल

शंकर निरौला 'निरक्षर'
      पृथक दाहाल
 
समय सँगै गॉउ वस्ति पाखा वद्लिए ।।

लाग्छ सोचाई अनि, ऑखा बद्लिए ।।

भो नभन शब्द मात्रै त हो भनी
हेर गाउ बेसिका भाका बद्लिए ।।

स्वदेश मा जिन्दगी घिसार्ने भन्दा पैले
साउदी मलेसिया कतारमा गा'का बद्लिए ।।

"यो देश मै खुन पसिना बगाउछु" भन्ने
त्यस्ता महान देशभक्त मेरा काका बद्लिए ।।

kabitaa -Ramesh Ramesh

gajal -शंकर निरौला 'निरक्षर'

mukktak - पृथक दाहाल

गॉउ अनि बस्ति रमाउछ !
विगत र अस्ति रमाउछ !!
तिम्रो मुस्कानको साथमा ,
पृथक मोज र मस्ति रमाउछ !!

mukktak- Ramesh Ramesh

.
तुलसीको मठमा मलाइ ढलाएर गयौ
मलामी सगै घाटामा चलाएर गयौ
तिमी‚ हासी खुसी बाच्नु यो जिन्दगीमा
आगो बाली मलाइ त जलाएर गयौ ।।
.
रमेश दवाडी श्रमिक

गजल शंकर निरौला 'निरक्षर'

भो नभन्नुस् वा...क्या दम छ गजलमा ।।
बाबु तेरो प्रतिभा अनुपम छ गजलमा ।।

सयौं चोटि परिस्कार गर्दा पनि मलाई
लाग्छ अझै केही त कम छ गजलमा ।। 


आफ्नो तारिफका लागि म लेक्तै लेख्तिनँ
यही मेरो बाचा - कसम छ गजलमा ।।

समयको रफ्तारसँगै म सङलिन्छु/ सङलिन्न ?
अचेल भेलबाढीको मौसम छ गजलमा ।।

स्तब्ध हुन्छु, जब सोध्छ यो माटोले -
मेरो दुखेको घाउको मलम छ गजलमा ।।
- निरक्षर

गजल.-पृथक दाहाल

गजल.......
 
ए सभाहलका गोरु हो, अब त केहि गर !
ए झलमलका गोरु हो, अब त केहि गर !!
हलिलाई ठेगान लगाउन खोज्ने तिमी ,
ए हरपलका गोरु हो, अब त केहि गर !!
तिमीहरुले खेत जोत्नै पछॆ,छोड्ने छैन हलिले,
ए अलमलका गोरु हो, अव त केहि गर !!
आज गोठका किला हल्लायौ, कुट्छ हलिले,
ए छलफलका गोरु हो, अब त केहि गर !!
मेरो गोठमा एक हल, फरक त्यहॉ धेरै,
ए दलबलका गोरु हो,अब त केहि गर !!
पृथक !!

मुक्तक -Ramesh Ramesh

 
मुक्तक 
 
महान सहिदले देखाएको बाटो बिर्सिएपछि
अस्ती भर्खर बगेको रगतको टाटो बिर्सिएपछि
अनि‚ कसरी मुलुकको बिकास हुन्छ ?
निर्दोष सर्बहाराको घाउको खाटो बिर्सिएपछि ।।
रमेश दवाडी