Thursday, January 30, 2014

बिपनिमा आउछु भन्थेउ, सपनीमा आयौ




बिपनिमा आउछु भन्थेउ, सपनीमा आयौ
जुनी जुनी साथ दिन्छु भन्थेउ, साथ छोड्नलाई आयौ

खाएकै हो कसम, गरेकै हो बाचा
घात गरेर आयौ 
बिपनिमा आउछु भन्थेउ, सपनीमा आयौ

चाईदैन तिम्रो खोक्रो आस्वासन
फूलि राखेको पलास, निमोठ्नलाई आयौ
बिपनिमा आउछु भन्थेउ, सपनीमा आयौ

श्रमिक न त हुँ ! गरेकै छु काम, खाएकै छु माम
प्रगति देखन नसकेर आयौ
बिपनिमा आउछु भन्थेउ, सपनीमा आयौ

रमेश श्रमिक...

किसानले यहॉ आज,बारी खोजीरहेछन् !




दौडीयो फेरी कलम ।
किसानले यहॉ आज,बारी खोजीरहेछन् !
नाम्लो बोकि भरिया, भारि खोजीरहेछन् !!

गर्तिरैमा अल्मलिए यात्यरुहरु यहॉ, 
बिशाल जंघारमा, पारी खोजीरहेछन !!

जन्म दियौ किन आमा तिमीले यहॉ...?
मरुभुमिको देशमा, छहारी खोजिरहेछन् !!

भौतारिदैछु बिना गन्तब्यको शहरमा,
घरमा बुढिआमा, बुहारी खोजीरहेछन् !!

मेरा दुई ऑखाले आज सहयात्री, शुवाषिली,
हात समाई साथ दिने,उपकारी खोजिरहेछन् !!

Wednesday, January 29, 2014

कलममा तरबारको राज चल्छ यहाँ, चलेर के गर्नु




रमेश श्रमिकको एउटा गजल है त !

कलममा तरबारको राज चल्छ यहाँ, चलेर के गर्नु
आखा अगाडी घर जल्छ यहाँ, जलेर के गर्नु ?

बादसाह नाङ्गै छ सच्याउने आट छैन कसैको
छेपारो दिनहु रङ बदल्छ यहाँ, बदलेर के गर्नु ?

झुटोलाई सत्य साबित गर्दैछन गोयबल्सहरु
सरकार त पटक पटक ढल्छ यहाँ, ढलेर के गर्नु ?

माटोको आसु देखन आखा हैन हृदय चहिञ्च
भासणको बोटमा बिकास फल्छ यहाँ, फलेर के गर्नु ?

अति भयो बीसको घडा निलकण्ठ छ कि कोहि
कुरा सुन्दा आगो बल्छ मनमा, बलेर के गर्नु ?

युद्द र प्रेममा जे पनि जायज हुन्छ भने ठिकै छ
अर्काको ज्यान मारेर सुन फल्छ, यहाँ फलेर के गर्नु ?

Wednesday, January 22, 2014

GROUP MEMBER :info

GROUP MEMBER :



contact:98xxxxxxxxx



contact: 98xxxxxxxx
e-mail 



  contact :
             or visit : www.niraulanirakshar.blogspot.com 


अब त जिन्दगी यो झुरजस्तो लाग्छ




सनिबारको फुर्सदमा फेरी कलम दौडियो-

अब त जिन्दगी यो झुरजस्तो लाग्छ ॥
आफ्नै छाँया पनि दुरजस्तो लाग्छ ॥

तिमीसँगै हुँदा लाग्थ्यो जीबन सकिदैन
तर आज किनकिन क्षणभङ्गुरजस्तो लाग्छ ॥

स्वाद छैन अचेल आफ्नै यो जीब्रोमा
गुलिया सब चिज अमिलो अङ्गुरजस्तो लाग्छ ॥

म बद्लीएँ या बद्लीयो -त्यो गाइने
सबै-सबै गीत उसका बेसुरजस्तो लाग्छ ॥

भदौको झै सदाबहार भेल रै'छ जिन्दगी



भदौको झै सदाबहार भेल रै'छ जिन्दगी ।
भाग्य अनि समयको खेल रै'छ जिन्दगी ।।

दु:ख एउटा खाल्डो रै'छ ताछ्दा ठुलो हुनें,
त्यसैते त भन्छु म सधैं झेल रै'छ जिन्दगी

सुखले साथ छोड्नै पर्ने यो कस्तो नियम्,
रत भन्छु म दु:खै दु:खको मेल रै'छ जिन्दगी ।।

जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या' घाम रैछ

जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या' घाम रैछ
सुख भन्दा दु:ख धेरै झेल्ने यस्को काम रैछ

यता जाउँ ठेस लाग्छ उता हेरुँ मुटु दुखी
तड्पाई मै खुशी हुन लाग्नु पर्ने लाम रैछ

भित्र के छ ? थाहा छैन खोल्दा रुन पर्छ भन्दै
नखोलेरै फालिईने बेबारिसे खाम रैछ

हासो खुशी देख्दिन म दर्दले नै जितिरा' छ
देखावटी जिन्दगी त बनावटी नाम रैछ

ईच्छा आशा मरे पनि श्वासले ठाउँ नछोडेर
बाध्यता मै चलाईदिने धर्ती एउटा ठाम रैछ

रूख मारि गुलावको, किन फूल किन्छौ तिमी ।

रूख मारि गुलावको, किन फूल किन्छौ तिमी ।
ब्यथॆताका कुरा गरि, छुरा धस्दै हिन्छौ तिमी ।।

हरेक तिम्रा ब्यावहारमा ईमान्दारिता गुमेको छ ,
पाईलै पिच्छे मेरो धन , घरिघरि लिन्छौ तिमी ।।

आदशॆका कुराहरु गॉउलेलाई सुनाउछौ रे,
छुराका डोव निको भा'छैन अझै पिडा दिन्छौ तिमी ।।

हरेक समय मेरो ऑशु झानॆ बाध्य बनाकि छौ,
पखॆ ! समयको दौडाई संगै मायॉ के हो चिन्छौ तिमी ।।
बडहरे : 9 खोटाङ
हाल मैतिदेवी, काठ्माण्डौ ।

नाता तोड्नु रै छ

आमा बाबा साथी संगी संग नाता तोड्नु रै छ
नचाहेरै एक दिन यो दुनिया छोड्नु रै छ

माया मोह आधार हो बाँच्नलाई धर्ती माथी
सुख लुट्ने धेरै हुन्छ दु:ख खेप्ने आफ्नै छाती
कौडी पनि हुन्न आफ्नो श्रीष्टि ब्यर्थै गोड्नु रै छ
नचाहेरै एक दिन यो दुनियाँ छोड्नु रै छ

मरी हत्ते गर्ने पनि काहाँ मर्छ आफु मर्दा?
काँडा कै'ले झर्या छ र?वैलियेलर फूल झर्दा
मुगा मोती अंश लाग्छ कात्रो एक्लै ओढ्नु रै छ
नचाहेरै एक दिन यो दुनियाँ छोड्नु रै छ ,.....

हिजो भन्दा झनै ब्यथा चर्किएझैं देख्छु



हिजो भन्दा झनै ब्यथा चर्किएझैं देख्छु ।
मलाई मायॉ गर्ने तिमी तर्किएझैं देख्छु । ।

जसलाई मैले हरेकपल सजाएको थिएँ,
दु: ख पर्ददा उसको नजर कर्किएझै देख्छु ।।

अतितका कुरा सब भुल्न खोज्छु तर,
उसको यादले मेरो मुटु सर्ककिएझैं देख्छु । ।

हिजो हिडेका ति बाटोबाट उसले,
अघि चालेका पाईला फर्किएझैं दख्छु । ।

gajal

तिम्रो यादमा एकान्तमा टोलाउन थालेको छु !

तिम्रो यादमा एकान्तमा टोलाउन थालेको छु !
निदमा सधैं तिमीलाई नै बोलाउन थालेको छु !!

टाढा हुन नसकिने हरेक यादमा तिम्रो मायॉ ,
मनको मनै आजभोली खेलाउन थालेको छु !!

मनभरि तिम्रो तस्बीर सजाएर राखिकन,
अतितका प्रेमपत्र केलाउन थालेको छु !!

कति दिन बस्ने होला ..!यसरिनै तड्पिएर,
टाढा गए मिलनका दिन,सेलाउन थालेकोछु !!

अन्तिम पल सम्म तिम्लाई बराबर मायॉ गर्दा,
धुजा-धुजा यो मुटुलाई सिलाउन थालेको छु !!

kabitaa:

..

Monday, January 20, 2014

कुकुर पाल्छु बरु म यि चोर नेता पाल्दिन !

कुकुर पाल्छु बरु म यि चोर नेता पाल्दिन !
ज्यान जाला निर्वाचनमा भोटै हाल्दिन !!

भरुवा बन्दुक भरेर बाटो र्कुछु अनि,
एउटा नेता नमारी दियो बाल्दिन ।!

ज्यान जाला निर्वाचनमा भोटै हाल्दिन ।

-prithak

फूल फुल्ने मायॉको बोटलाई सिजन चॉहिदैन

फूल फुल्ने मायॉको बोटलाई सिजन चॉहिदैन !
दुई मुटुको मिलन हुन कुनै रिजन चाहिंदैन !!

मनले मनलाई बुझ्नु नै मायॉको परिक्छ्या हो,
पास भए मात्र पुग्छ कुनै डिभिजन चॉहिदैन !!

कहिले फूल , पात, अनि कहिले कॉडा जिन्दगीमा,
कॉडै सामु फूल मुस्काउन कुनै भिजन चाहिदैन !!

-prithak

जुन देखिराछु

औशी रात छ टहटह जुन देखिराछु ।।
कबितामा डुब्न पाउदा गुन देखिराछु ।।

तिमी भन्छौ मन कहाँ देख्न सकिन्छ ?
त्यही मन भित्र मिठो म धुन देखिराछु ।।

रहस्समय लाग्छ जिन्दगी यो अचेल
जस्तो पनि राम्रै लाग्छ खै? कुन देखिराछु ।।

किन हो हतार यो दौडधुप यस्तो ?
ढुङ्गा भन्दा बेकार म सुन देखिराछु ।।

पिउछौ ? बरू पिउ अमृत रस काब्यको
तिम्ले पिउने सराब म खुन देखिराछु ।।
Posted by निरक्षर निरौला at 8:56 AM 

मारेर के लान्छौ तिमि

मारेर के लान्छौ तिमि कति ! कृतघ्न बन्यौ आज
म जिउदै मरी सके किन ! खाल्टो खन्यौ आज ||

कति बिन्ति चढाए थे पाउमा अझै परि रहे
लत्याएर फाल्यौ अझै विषादीमा गन्यौ आज ||

Ramesh sraamik

"समयको खेल रै'छ जीवन...!"

"समयको खेल रै'छ जीवन...!"

सुन्दै छु मलाई आज छोड्दै छौ रे किन ....?
बर्सौ लामो हाम्रो नाता, तोड्दै छौ रे किन !

दशौं वर्षे हिडेकी सहयात्री पाईलाहरु,
बाटो छोडि अन्त कतै ,मोड्दै छौ रे किन...?

अरुको त्यो देखावटी मायॉमा परि आज ,
निरथॆक शब्दका खोल, ओड्दै छौ रे किन. ?

गला लाग्छ तिमीलाई मेरो चोखो मायॉको,
सहयात्री छोडि नाता, जोड्दै छौ रे किन....?

हरिश्चन्द्र 

कुरा गर्दै नगर ।


काडा भकोको छ जिन्दगी फुलका कुरा गर्दै नगर ।।
रङी चङी सजाउने तुलका कुरा गर्दै नगर ।।

तिमी र म खोलाका दुई किनर रहेछौ
किनर जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ।।

गल्ती गर्दैन कस्ले ?नजानेर गल्ती हुन्छ
जानी जानी गरिएका भुलका कुरा गर्दै नगर ।।

सम्भब भए मात्र हो मान्छे ले प्रयास गर्ने
मरभुमिमा मुलका कुरा गर्दै नगर ।।

भनिदैन सस्कार देखिन्छ व्यबहारमा
मसँग चै यस्तो गरी कुलका कुरा गर्दै नगर ।।

थाहा छ पिरतिमा हुनुपर्छ समर्पण
एकतर्फी समर्पणको रुलका कुरा गर्दै नगर ।।

तिमीले दुखायौ, बधाई छ मेरो


तिमीले दुखायौ, बधाई छ मेरो
र, सह्रै रुवायौ, बधाई छ मेरो

तिमी साथ हुन्थ्यौ र पो जिन्दगी थ्यो
रुवाई हरायौ, बधाई छ मेरो

अधूरो भयो यो जवानी मलाई
अपूरो बनायौ, बधाई छ मेरो

दुखेकै छ छाती बगेकै छ पानी
डढेलो लगायौ, बधाई छ मेरो

म खोजौँ कसोरी, छोडौँ कसोरी
कसोरी फसायौ, बधाई छ मेरो

//////////रमेश श्रमिक....

आफ्नो नजरबाट आफै गीरेपछि

आफ्नो नजरबाट आफै गीरेपछि॥
मान्छे साँच्चै रून्छ भट्टी छिरेपछि॥ 

दिलको कुरा यहाँ के गरूँ म ?
दुई फ्याक पारी तिम्ले चीरेपछि॥

अब म यौटा कदम चाल्छु चाल्छु
आफ्नै त्यो पुरानो कोठा फीरेपछि॥

नझारेस् आसु ' निरक्षर' लाई सम्झी
यता मैले गलामा पासो भीरेपछि॥

-निरक्षर निरौला

एउटा मुक्तक...

एउटा मुक्तक......

पढाउने सिक्षकले बुझाएको हुनुपर्छ 
नत्र चिट परिक्षाम लुकाएको हुनुपर्छ 
कसरी पास भो १८ घण्टा लोडसेडिङ मा 
कित जुन हर रात उदाएको हुनुपर्छ ।

.@ रमेश श्रमिक

पैदल हिन्ने बानि बसाउ, कार किन्न सक्दिन म

पैदल हिन्ने बानि बसाउ, कार किन्न सक्दिन म !
रिवन पोले लाउन सिक हार किन्न सक्दिन म !!

धनि बाउकि एक्ली छोरी खोले पिठो खान्नौ होला,
म:म, चाउमिन अनि चट्नी सारा दिन सक्दिन म !!

मायॉ प्रेम पिरतिको हुन दिन्न कहिल्यै कमि,
झुपडीमा बस्नुपर्छ दरबार किन्न सक्दिन म !!

कमेरोले नुहाउने अनि तोरीको तेल लाउनुपर्छ,
तिम्रो लागि स्याम्पू, साबुन बजार हिन्न सक्दिन म !!

पृथक !!

our group