Friday, January 30, 2015

गजल.-पृथक दाहाल

गजल.......
 
ए सभाहलका गोरु हो, अब त केहि गर !
ए झलमलका गोरु हो, अब त केहि गर !!
हलिलाई ठेगान लगाउन खोज्ने तिमी ,
ए हरपलका गोरु हो, अब त केहि गर !!
तिमीहरुले खेत जोत्नै पछॆ,छोड्ने छैन हलिले,
ए अलमलका गोरु हो, अव त केहि गर !!
आज गोठका किला हल्लायौ, कुट्छ हलिले,
ए छलफलका गोरु हो, अब त केहि गर !!
मेरो गोठमा एक हल, फरक त्यहॉ धेरै,
ए दलबलका गोरु हो,अब त केहि गर !!
पृथक !!

No comments:

Post a Comment