Friday, January 30, 2015

गजल शंकर निरौला 'निरक्षर'

भो नभन्नुस् वा...क्या दम छ गजलमा ।।
बाबु तेरो प्रतिभा अनुपम छ गजलमा ।।

सयौं चोटि परिस्कार गर्दा पनि मलाई
लाग्छ अझै केही त कम छ गजलमा ।। 


आफ्नो तारिफका लागि म लेक्तै लेख्तिनँ
यही मेरो बाचा - कसम छ गजलमा ।।

समयको रफ्तारसँगै म सङलिन्छु/ सङलिन्न ?
अचेल भेलबाढीको मौसम छ गजलमा ।।

स्तब्ध हुन्छु, जब सोध्छ यो माटोले -
मेरो दुखेको घाउको मलम छ गजलमा ।।
- निरक्षर

No comments:

Post a Comment