Friday, January 30, 2015

संयुक्त गजल

शंकर निरौला 'निरक्षर'
      पृथक दाहाल
 
समय सँगै गॉउ वस्ति पाखा वद्लिए ।।

लाग्छ सोचाई अनि, ऑखा बद्लिए ।।

भो नभन शब्द मात्रै त हो भनी
हेर गाउ बेसिका भाका बद्लिए ।।

स्वदेश मा जिन्दगी घिसार्ने भन्दा पैले
साउदी मलेसिया कतारमा गा'का बद्लिए ।।

"यो देश मै खुन पसिना बगाउछु" भन्ने
त्यस्ता महान देशभक्त मेरा काका बद्लिए ।।

No comments:

Post a Comment