यो एउटा साहित्यिक समुह हो जसमा हामी ३ जना आबद्ध छौ । श्र = श्रमिक ,पृ= पृथक , नि =निरक्षर । तपाईंलाई हाम्रो सामुहिक स्वागत छ यहाँ यो website मा । ।झट्ट सुन्दा ' श्रपृनि ' भन्ने शब्द 'सप्रिने 'जस्तो सुनिन्छ ।तसर्थ त्यसरी सुनिएको अर्थले सङ्केत गरेजस्तै अब हामीले जो जहाँ छौ ।जस्तो छौँ, जस्ता छौँ ,सो अबस्थाभन्दा अगाडी बढ्नु छ ।अर्थात सप्रीनु छ ,बिग्रीनु होइन । सुधार हुनुछ । बन्नु छ । बनाउनु छ । keep loging @ www.shraprini.blogspot.com
Monday, January 20, 2014
तिमीले दुखायौ, बधाई छ मेरो
तिमीले दुखायौ, बधाई छ मेरो
र, सह्रै रुवायौ, बधाई छ मेरो
तिमी साथ हुन्थ्यौ र पो जिन्दगी थ्यो
रुवाई हरायौ, बधाई छ मेरो
अधूरो भयो यो जवानी मलाई
अपूरो बनायौ, बधाई छ मेरो
दुखेकै छ छाती बगेकै छ पानी
डढेलो लगायौ, बधाई छ मेरो
म खोजौँ कसोरी, छोडौँ कसोरी
कसोरी फसायौ, बधाई छ मेरो
//////////रमेश श्रमिक....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment