उनको मेरो सम्बन्धमा, जात फरक छ ।
धनि-गरिव बिचको त्यो, बात फरक छ ।।
मेरो मायॉ जस्तो उनको, कहॉ हुन्थ्यो र ..
त्यसैले त उनको - मेरो, रात फरक छ ।।
सपनामा महल देखिन्,मैले देखें झुपडी,
त्यसैले तारा हराएपछिको, पर्भात फरक छ ।।
झुपडीमा दिनदिनै पानीमा मेथि पड्किन्छ,
कहॉ पाउनु चौरासि व्यन्जन,औकात फरक छ ।।
सवॆहारा भएर नै परिस्रममा तल्लिन छु,
ईमान्दारितानै जीवनसोचें, जमात फरक छ ।।
No comments:
Post a Comment