Saturday, May 10, 2014

- तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी



तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी
दुख सम्पूण अंग-अंग बनि गलेकै छ जिन्दगी

जीवन संघर्स हो भन्छन, कसैले अवसर
अरुका आगाडी ठिक भनि छलेकै छ जिन्दगी

दुख किन दुखने गर्छ ? के सुख चाही दुखदैन ?
सुख र दुखको कल्प छानी बलेकै छ जिन्दगी

हास्यो-खेल्यो सबकाल बित्यो, बितिराछ, बित्नेछ
यि सब बाहिर कहाँ देखिन्छ र ? अनि ढलेकै छ जिन्दगी

तनाब नै तनाबका बिच पनि चलेकै छ जिन्दगी
दुख सम्पूण अंग-अंग बनि गलेकै छ जिन्दगी

रमेश श्रमिक