Saturday, May 10, 2014

- चार मुक्तक ...

रमेश श्रमिक
चार मुक्तक ...

..(१) रातको १० बजेपछि..........

उनको याद आयो १० बजेपछि
मायाले ज्यान खायो १० बजेपछि
मस्त निन्द्रामा पनि उनलाई नै सम्झी
अंग-अंगमा उनै छायो १० बजेपछि

(२).......बाचेकै छु.......

धेरै पीडा पाएर बाचेकै छु
तिम्रै गीत गाएर बाचेकै छु
तिमि छौ र त् मेरो जिन्दगी छ
मुटु भरी तिम्रै माया छाएर बाचेकै छु

(३) आज.......

मेरी सानु दुखी भईन आज
गल्दै-गल्दै झन् गईन आज
दिग्दारी र हैरानीले सधै पीडित
अन्याएर अत्याचार सइन आज

(४) जाने आहिले

गुरुले पढाएर जाने अहिले
भनेका राम्रा कुरा माने अहिले
ज्ञान-गुनका अनेक खुराक सुन्न पाउदा
गुरु, साचै गुरु नै ठाने अहिले

@@रमेश श्रमिक@@
२०७१/१/21