Saturday, May 10, 2014

- बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ

रमेश श्रमिक

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

संसारका सारा खुशी मेरो लागि केही होइन
जहाँ जान्छौ तिमी त्यही म सर्न पाए पुग्छ ।

जिन्दगीका अफठ्यारा यि मोड अनि जंघारहरु
कोमल तीम्रा हात समाएर सधै तर्न पाए पुग्छ ।

विधिको यो विधानमा भागबन्डा लाग्छ भने
युग्युगौसम्म मेरो भागमा तिमी पर्न पाए पुग्छ ।

खुशी छु जिन्दगीमा अरु केही चाहना छैन
अन्तिम इच्छा तिम्रै काखमा मर्न पाए पुग्छ ।

बाचुन्जेल तिमीसगै कुरा गर्ने पाए पुग्छ
मन मुटुमा तिम्रो माया सधै भर्न पाए पुग्छ ।

रमेश श्रमिक