Saturday, May 10, 2014

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ

रमेश श्रमिक

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ
दुवै मिली गर्नुपर्ने हजारबात बाकी नै छ

हिउदपछि बर्षा आउछ, अमृत झार्छ सुनेकै हो
बर्षा आयो गयो तर बरसात बाकी नै छ

तिमी आयौ बहर ल्यायौ फेरी छुट्ने कुरो किन
छुट्ने कुरा गर्दै गरौ, सिंगो रात बाकी नै छ

सौन्दर्यलाइ पुजा गर्छु, दासै बन्न परे बन्छु
यौबन देउ मैले दिने सौगात बाकी नै छ

नजर पिए एकपल्ट अधर पिउन बाकी नै छ
पिएपछि उम्लिने त्यो मस्त उन्माद बाकी नै छ

यसलाई के भेट भनु, भेटघाट बाकी नै छ
दुवै मिली गर्नुपर्ने हजारबात बाकी नै छ

No comments:

Post a Comment